गृहपृष्ठ काठमाडौंमा सुरु भयो मिथिला चित्रकला प्रदर्शनी
काठमाडौंमा सुरु भयो मिथिला चित्रकला प्रदर्शनी
राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबारदेखि मिथिला चित्रकला प्रर्दशनी सुरु भएको छ । रञ्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्व झल्किने चित्रकलाहरु राखिएको छ ।
मिथिला संस्कृतिको अलावा समाजमा विद्यमान विकृति, विसंगती, महिला शोषण, छुवाछुत विरुद्धका संन्देशहरु झल्किने चित्रकला प्रर्दशनीलाई कलर्स अफ चेन्ज को नाम दिइएको छ । तराई क्षेत्रमा व्याप्त दाईजो प्रथा, भ्रुण हत्या, बालिका विवाह लगायत विकृतिविरुद्धको जनचेतना फैलाउने सन्देश चित्रहरुमा देखिन्छ । प्रर्दशनी चैत २० गते सम्म चल्ने छ ।
प्रकाशित समय १४:५० बजे

















