गृहपृष्ठ देशभर मौसममा बदली, मेघ गर्जनसहित वर्षा हुने अनुमान

देशभर मौसममा बदली, मेघ गर्जनसहित वर्षा हुने अनुमान

mausam-newskarobar

आज देशभर मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने अनुमान छ ।

देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई पूर्वतिर सरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा दिउँसो केहीबेर मौसम खुलेपनि बेलुकापख बदली हुने छ । हिमाली भेगका मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु