गृहपृष्ठ बर्दियामा मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
बर्दियामा मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बारबर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेत रहेका छन् ।
प्रकाशित समय १०:४८ बजे

















