गृहपृष्ठ १४ कार्टुन औषधिसहित चार जना पक्राउ

१४ कार्टुन औषधिसहित चार जना पक्राउ

pakrau-arrest-newskarobar

झापाको कचनकवल गाउँपालिकाबाट १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरूपमा ल्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौं निवासी ३१ वर्षीय झिनचोक शेर्पा रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु