गृहपृष्ठ २२ लाख बराबरको यौनवर्धक औषधिसहित चार जना पक्राउ

२२ लाख बराबरको यौनवर्धक औषधिसहित चार जना पक्राउ

लाखौँ रुपैयाँ मूल्य बराबरको यौनवर्धक औषधिसहित प्रहरीले चार जनालाई झापाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ कुटीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

औषधिमा संलग्न बाह्रदशी गाउँपालिका–४ का २२ वर्षीय इतियाज आलम, सोही ठाउँका २४ वर्षीय सम्दान हुसेन, २८ वर्षीय ताहिर आलम र भारत जङ्पुरी घर भई हाल वौद्ध–१ काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई औषधि बोक्न प्रयोग गरिएको मे६प १०१६ नम्बरको भ्यान र भारतीय बीआर ३७ जी १४४० को मोटरसाइकलसहित नियन्त्रणमा लिइएको झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

बरामद गरिएका औषधिमा बे्रष्ट्रिम तेल, ओरल मैक्स, स्प्रे, एमाग्रा, फोरडिमलगायतका यौनबर्धक औषधि अन्दाजी २२ लाख रुपैयाँ मूल्य बराबरको रहेको एसपी मैनालीले जनाए ।

अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुनमा रहेको विभिन्न ब्राण्डका यौनबर्धक आयूवेर्दिक औषधि नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए । मे१च ४०६३ नम्बरको मारुती भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याउँदै गर्दा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु