गृहपृष्ठ हावाहुरी प्रभावितका लागि राहत र उद्धारको प्रबन्ध मिलाउन जिम्मा गृह मन्त्रालयलाई
हावाहुरी प्रभावितका लागि राहत र उद्धारको प्रबन्ध मिलाउन जिम्मा गृह मन्त्रालयलाई
सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई जिम्मा दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
घाइतेहरुको उपचारमा कुनै कमी कमजोरी हुन नदिने, घाइते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरणसहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले २७ जनाको मृत्यु भएको, ६ सय १३ जना घाइते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ ।
प्रकाशित समय ०६:५८ बजे

















