गृहपृष्ठ हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

prachanda-newskarobar

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा आएको विनाकारी हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई पाँच पाँच लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा राख्दै सहयोगमा जुट्न आग्रह गरे ।

हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए । त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरे । यस्तै नेकपाका अध्यक्ष दाहाले पार्टीको युवा संगठन वाइसियलले संकलन गरेको राहत वितरण गरे ।

आइतबार साँझको शक्तिशाली हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि प्रचण्ड त्यहाँ गएका हुन् । हावाहुरीमा परी दुई जिल्लामा गरी ३० जना भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । ६ सयभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु