गृहपृष्ठ हायातसँगको १५० रोपनी जग्गा लिज तत्काल भंग गर्न संसदीय उपसमितिको सिफारिस
हायातसँगको १५० रोपनी जग्गा लिज तत्काल भंग गर्न संसदीय उपसमितिको सिफारिस
गैरकानुनी निर्णय गर्नेमाथि पनि कारवाही हुने
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले हायात होटलको सञ्चालक तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हस्तान्तरणमा अनियमितता भएको ठहर गरेको छ । उपसमितिले तत्काल लिज भंग गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिनसमेत सिफारिस गरेको हो ।
उपसमिति संयोजक अग्नि सापकोटाले जग्गा, शेयर र होटल निर्माणको खर्चमा अनियमितता भएको ठहर सहितकोप्रतिवेदन सभापति पवित्रा निरौला खरेललाई बुझाइसकेका छन् । उपसमिति जग्गाको स्वामित्व हस्तान्तरण गरी पास गर्नु गलत भएको निष्कर्षमा पुगेको संसद् सचिवालय स्रोतले जनाएको छ । मालपोत ऐन विपरित तारागाँउ रिजेन्सी होटल्स लिमिटेडलाई स्वामित्व हस्तान्तरण भएको निष्कर्षसहित उपसमितिले १५० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।
उपसमितिले त्यसलाई सम्पूर्ण जग्गा हडप्ने तरिकाको रुपमा सचालक तारागाउँलाई औल्याउँदै गैरकानुनी निर्णय गर्नेमाथि कारवाहीका लागि अख्तियारमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित समय ०७:४७ बजे

















