गृहपृष्ठ सिसडोलवासीले महानगरको फोहर फाल्न दिएनन्, एक सय कन्टेनर बाटोमै रोकिए

सिसडोलवासीले महानगरको फोहर फाल्न दिएनन्, एक सय कन्टेनर बाटोमै रोकिए

sisdol-newskarobar फाइल तस्बिर

टिपरको ठक्करबाट मंगलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध गरेका छन् ।

काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते छन् । घटनाको विरोधमा मंगलबार अपराह्नदेखि स्थानीयवासीको अवरोध आजसम्म पनि कायमै छ ।

उपत्यकाबाट फोहर बोकेर पुगेका करिबसय कन्टेनर विरोधका कारण सडकमा नै रोकिएका छन् । फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिए । उनका अनुसार दुर्घटनापश्चात काठमाडौँ महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।

कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधानतर्फ उन्मुख हुन सकेन’, पौडेलले भने। घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध पु¥याएका स्थानीयवासीले अन्य सवारीसाधन भने सञ्चालनमा रोक नलगाएकोे जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

विरोधमा उत्रिएका पीडितपक्षले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का बालक राजनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।(रासस)

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु