गृहपृष्ठ पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीसहित पानी पर्ने

पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीसहित पानी पर्ने

mausam-newskarobar

आज देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ ।

साँझपख काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो भूभागमा आंशिक बदलि हुने सम्भावना छ । पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना समेत रहेको महासाखाले जनाएको छ ।

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु