गृहपृष्ठ अल्जेरियाका राष्ट्रपतिले दिए राजिनामा
अल्जेरियाका राष्ट्रपतिले दिए राजिनामा
अल्जेरिकाका राष्ट्रपति अब्दुलअजीज बुतेफ्लिकाले राजिनामा दिएका छन् ।
आफूविरुद्धको प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति बुतेफ्लिकाले राजिनामा दिएका हुन् । अल्जेरियामा केही सातादेखि जनस्तरबाट व्यापक विरोध प्रदर्शन भएको थियो भने सेनाले पनि विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिँदै आएको थियो ।
राष्ट्रपति बुतेफ्लिकाले यसपालि चुनाव नलड्ने र यही अप्रिल २८ तारेखका दिन आफ्नो कार्यकाल सकिएपछि पद छोड्ने बताए पनि प्रदर्शनकारीले तत्कालै पद छाड्न दबाब दिँदै आएका थिए ।
उनी दुई दशकदेखि सत्तामा रहँदै आएका थिए ।
प्रकाशित समय १०:२५ बजे

















