गृहपृष्ठ सरकारी कुर्सीमा छोरीको ‘तास गेम’ भाइरल बनेपछि अधिकृतले स्वीकारे गल्ती
सरकारी कुर्सीमा छोरीको ‘तास गेम’ भाइरल बनेपछि अधिकृतले स्वीकारे गल्ती
कार्यालय समयमा छोरीले आफ्नो कुर्सीमा बसेर तास खेलिरहेको फोटो भाइरल बनेपछि सुनसरीको दुहबी नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ओझाले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । मंगलबार कार्यालय समयमा प्रशासकीय अधिकृतको कुर्सीमा बसेर एक बालिका तास खेल्दै गरेको फोटो खिचेर एकजना सेवाग्राहीले फेसबुकमा पोस्ट गरिदिएका थिए ।
अधिकृतको कुर्सीमा बसेर कम्युटरमा तास खेल्ने उनै ओझाकी छोरी खुसी (नाम) थिइन् । ‘मेरो र मेयरसा’बको कार्यकक्ष जोडिएको छ, म मेयरसा’बसँग मिटिङमा थिएँ,’ प्रशासकीय अधिकृत ओझाले न्युजकारोबारसँग भने, ‘मैले छोरी बस्दै गर्नु भनेको थिएँ, उनी कम्युटरमा तास खेल्न थालिछन्, अनजान बालिका हुन्, गल्ती मबाटै भएको हो ।’
प्रकाशित समय १६:५३ बजे

















