गृहपृष्ठ पत्रकारकी छोरी अपहरण अभियोगमा ४ जना पक्राउ

पत्रकारकी छोरी अपहरण अभियोगमा ४ जना पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले पत्रकार विन्दुकुमार चौहानकी छोरी अपहरण अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

गोरु तस्करीमा संलग्नको समाचार लेखेको भन्दै पत्रकार चौहानलाई धम्की दिँदैआएका लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का मोविन फकिर, चन्द्रिका पासी, हरेराम हरिजन र परमानन्द हरिजनलाई बिहीबार बिहान पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० निवासबाट बुधबार राति अपहरणमा परेकी ममता लुम्बिनीको मोग्लाहादेखि एक किलोमटरको दूरीमा रहेको नेपाल भारत सीमामा भेटिएकी थिइन् । अपांगता भएकाले हिँड्न र बोल्न नसक्ने उनलाई अपहरणपछि छाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

केही दिनअघि लुम्बिनीमा गोरु तस्करीसम्बन्धी समाचार लेखेका कारण चौहानलाई पटक पटक ज्यान मार्ने र परिवारलाई समेत पीडा दिने धम्की आइरहेको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीले अपहरण घटनाको निन्दा गरेको छ ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु