गृहपृष्ठ सर्वोच्चमा प्रस्थावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्चमा प्रस्थावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

samsadiya sunuwai फाइल तस्बिर ।

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तीका लागि सिफारिस न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको हो ।

न्याय परिषदले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधशी सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । पाँचै जना न्यायाधीशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु