गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद : उद्घाटनमा राष्ट्रपति, समापनमा प्रधानमन्त्री

आठौं राष्ट्रिय खेलकुद : उद्घाटनमा राष्ट्रपति, समापनमा प्रधानमन्त्री

बैशाख ५ गतेदेखि नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन हुँदैछ । ११ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन नेपालगञ्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । उद्घाटन समारोहमा हरेक प्रदेशका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

सोही रङ्गशालामा वैशाख ११ गते साँझ प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ । यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले जानकारी दिए ।

प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु