गृहपृष्ठ उपत्यकाको जाम र प्रदुषण हटाउन ‘ट्राफिक एक्सन टिम’
उपत्यकाको जाम र प्रदुषण हटाउन ‘ट्राफिक एक्सन टिम’
उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ । ट्राफिक प्रहरी माहाशाखाले बिहिबारदेखि ‘ट्राफिक एक्सन टिम’ बनाएर उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक ब्यवस्थापन सुधार कार्ययोजना–२०७५ कार्यान्वयन सुरु गरेको हो ।
तीन महिने अभियानमा फुटपाथ अतिक्रमण हटाउने, ब्लक भएका बाटोहरु खोल्ने र बाटोमा राखिएका निर्माण सामाग्री हटाइने ट्राफिक महाशाखाले जनाएको छ ।
अभियानको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरुवात गरेका छन् । अभियानको शुभारम्भ गर्दै प्रहरी प्रमुख खनालले अब काठमाडौं उपत्यका सफा हुने दाबी गरे
प्रकाशित समय १६:४३ बजे

















