गृहपृष्ठ फिफा वरियता : दक्षिण एसियामा नेपाल तेस्रो

फिफा वरियता : दक्षिण एसियामा नेपाल तेस्रो

Nepali-Football-newskarobar

फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) वरियतामा नेपाल यथावत् स्थानमा रहन सफल भएको । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एकसय ६१औँ स्थानमै टिकिरहन सफल भएको हो । अघिल्लो महीना पनि नेपाल एकसय ६१औँ स्थानमा थियो ।

दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत एकसय १औँ र माल्दिभ्स एकसय ५१औँ स्थानमा छन् । नेपालभन्दा तल रहेको भूटान एकसय ८६औँ, बङ्गलादेश एकसय ८८औँ, पाकिस्तान दुई सय र श्रीलङ्का दुई सय २ औँ स्थानमा छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा छन् । फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्राष्ट्रिय खेलका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्ने गर्दछ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु