गृहपृष्ठ हावाहुरी पीडितका लागि अस्थायी बसोबास बनाउन सुरु : सरकारका प्रवक्ता
हावाहुरी पीडितका लागि अस्थायी बसोबास बनाउन सुरु : सरकारका प्रवक्ता
फाइल तस्बिर ।
सरकारले हावाहुरी पीडितका लागि अस्थायी बसोबासका लागि आवास बनाउने काम भइरहेको बताएको छ ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पक्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्थायी बसोबासका लागि आवास बनाउने काम भइरहेको बताएका हुन् ।
उनले हुरीपीडितलाई प्रारम्भिक राहत वितरणको काम सकिएको जनाकारी दिए ।मन्त्री बाँस्कोटाले क्षतिको विवरण गृह मन्त्रालयको समन्वयमा संकलन भइरहेको बताए ।
प्रकाशित समय १७:०८ बजे

















