गृहपृष्ठ बाबुलाई झारफुक गर्न लैजादा छोरी बलात्कृत, झाँक्री पक्राउ
बाबुलाई झारफुक गर्न लैजादा छोरी बलात्कृत, झाँक्री पक्राउ
मकवानपुरमा एक झाँक्रीले झारफुकको बाहानामा १३ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
बिरामी परेका बाबुको झारफुक गर्न गएकी बालिकालाई मकवानपुरगढी गाउँपालिका–५ घर भई चाँगुनारायण नगरपालिका–८ मा बस्दै आएका गुरु रोशन भन्ने हिरामणि घिमिरेले गत मंगलबार दिउँसो बलात्कार गरेर फरार भएका थिए । बलात्कार गरी भाग्ने झाँक्रीलाई प्रहरीले तीनदिनपछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनले बाबुको आँखामा पट्टी बाधेर उपचार गर्ने नाममा बालिकाको मुख थुनेर बलात्कार गरेको खुल्न आएको छ ।
धामी घिमिरे रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रकाशित समय ०८:२५ बजे

















