गृहपृष्ठ हावाहुरी प्रभावितका लागि वर्षातअघि नै घर, निर्माणको जिम्मा सेनालाई

हावाहुरी प्रभावितका लागि वर्षातअघि नै घर, निर्माणको जिम्मा सेनालाई

hawahuri-bara-newskarobar

हावाहुरीबाट घरबास गुमाएका बारा र पर्साका पीडित परिवारका लागि संघीय सरकारले आवास निर्माण गरिदिने भएको छ ।

जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै हस्तान्त्रण गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बास्कोटाले बिहबिारको नियमित पत्रकार सम्मेलनमा सरकारका पछिल्ला निर्णयबारे जानकारी गराएका थिए ।

संघीय सरकारले आवासको निर्माण कार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नं २ का मुख्य सचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमा शहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

आवासको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । 

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु