गृहपृष्ठ चट्याङ लागेर झापामा एकको मृत्यु, दुई घाइते

चट्याङ लागेर झापामा एकको मृत्यु, दुई घाइते

chatyang._newskarobar सांकेतिक तस्बिर

चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । शनिबार विहान पानीसँगै परेको चट्याङ लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ । दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु