गृहपृष्ठ हिमाल आरोहणका लागि ४६ समूहले अनुमति लिए
हिमाल आरोहणका लागि ४६ समूहले अनुमति लिए
यो वर्ष हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।
कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई÷दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ ।
४६ आरोही समूहका १९३ आरोहीबाट आजसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै ३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सन् २०१८ को वसन्त ऋतुमोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो।
सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए।सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ ।
प्रकाशित समय १६:०५ बजे

















