गृहपृष्ठ आउँदो वर्ष वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली
आउँदो वर्ष वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उनले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका हुन् ।
‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने । प्रधानमन्त्री ओलीले वृद्धभत्ताले वृद्धवृद्धालाई प्रोत्साहन मिलेको बताए । प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने दाबी गरे ।
स्वास्थ बिमा गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले बिरामी, अशक्त र जेष्ठ नागरिकको लागि स्वास्थ्य बीमा आवश्यक रहेको बताए ।
प्रकाशित समय १४:१० बजे

















