गृहपृष्ठ खोटाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
खोटाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
सांकेतिक तस्बिर ।
खोटाङको हलेसीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ७४११ नम्बरको बस गएराति हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राई को रहेका छन् । अन्य १४ घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।
प्रकाशित समय १२:४३ बजे

















