गृहपृष्ठ आजको मौसम : असिना पानीसहितको हुरीबतास आउने सम्भावना

आजको मौसम : असिना पानीसहितको हुरीबतास आउने सम्भावना

mausam-newskarobar

देशको विभिन्न ठाउँको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतबाट पश्चिमी वायु नेपाल भित्रिएकाले मौसममा बदली भएको हो । मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको विभागले जनाएको छ ।

पश्चिम तराई क्षेत्रमा वर्षाका साथै चट्याङ पर्ने र हावाहुरी चल्ने सम्भावना छ । पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ ।

त्यस्तै पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ । राति पश्चिम र मध्ये तथा पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकोे महाशाखाले जनाएको छ । दुईदिनसम्म वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु