गृहपृष्ठ नेपाली सेनामा ७ हजारको लागि जागिर खुल्यो
नेपाली सेनामा ७ हजारको लागि जागिर खुल्यो
नेपाली सेनाले विभिन्न पदका लागि ७ हजार भन्दा बढी कर्मचारी माग गरेको छ । सेनाले रिक्त रहेका विभिन्न पदहरुका लागि ७ हजार ७ सयभन्दा बढी संख्यामा दरखास्त आव्हान गरेको छ । विभागका अनुसार सेनाको प्रशासन तथा अन्य प्राविधिक र सेवाका क्षेत्रमा दर्खास्त आह्वान गरिएको छ ।
लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त माग गरिएको छ ।दरखास्त दिन देशका विभिन्न ६३ ठाउँ तोकिएको छ। दरखास्त आगामी जेठ १ गतेसम्म दिइन सकिने छ ।


प्रकाशित समय १३:०८ बजे

















