गृहपृष्ठ स्काउटको एक नम्वर प्रदेश स्तरिय तालिम सुरु, ५ सय जना सहभागी

स्काउटको एक नम्वर प्रदेश स्तरिय तालिम सुरु, ५ सय जना सहभागी

नेपाल स्काउटको आयोजनामा प्रदेश नम्बर १ स्तरीय स्काउट आधारभूत तालिम सुरु भएको छ ।
बिराटनगरस्थित कलेज रोडमा आयोजित तालिमको १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बुधबार उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार नेपाल स्काउटविचको सहकार्य सुरु भएको घोषणा गरे । आगामी आर्थिक बर्षबाट प्रदेशमा स्काउटको विकास र विस्तारका लागी आवश्यक बजेटसहित एक विद्यालय एक युनिटको अवधारणा अगाडि बढाउने बताए । अर्को एक सन्दर्भमा मुख्यमन्त्री राईले केही दिनभित्रै प्रदेशको नामाकरण गरी स्थायी राजधानी तोक्नेसमेत बताए ।
त्यसैगरी प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले स्काउट जिवन उपयोगी शिक्षा भएको हुदाँ हरेक युवा लक्षित कार्यक्रम अगाडि बढाउनु पर्ने धारणा व्यक्त गरे । संशोधनको तयारीमा रहेको नेपाल स्काउट ऐनले प्रदेश स्तरमा सामाजिक विकास मन्त्रालयलाई सम्पर्क मन्त्रायको रुपमा रहने गरी अगाडि बढाएकोले आफू र आफ्नो मन्त्रालय स्काउटिङ्गको विस्तार गर्न तत्पर रहेको उनले बताए ।
उद्घाटन कार्यक्रमका सभापति समेत रहेका नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा तालिम संचालन भएको बताए । उनले एक नम्बर प्रदेशबाट सुरु भएको तालिम सातै प्रदेश पु¥याइने बताए । संयोजक भण्डारीले ६० हजार सदस्य संख्या रहेको नेपाल स्काउटमा सन् २०२० सम्ममा ३ लाख पु¥याउने लक्ष अनुरुप प्रदेश स्तरिय तालिम सुरु गरिएको बताए ।
प्रदेश १ का १ सय ३७ स्थानिय तहबाट ५ सय २४ जनाको स्काउट तालिममा सहभागी रहेको नेपाल स्काउटका लिडर राजिव खत्रीले जानकारी दिए । तालिम बैशाख ८ गतेसम्म पूर्णआवासीय रुपमा सञ्चालन हुने छ ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु