गृहपृष्ठ मुस्ताङ जिप पल्टिदा दुई घाइते
मुस्ताङ जिप पल्टिदा दुई घाइते
पाल्पाको रम्भा गाउँपालिका ५, ताहु देउरालीमा बुधबार दिउँसो करिब जिप पल्टीदा दुई जना घाइते भएका छन्।
लु १ ज १७८६ नम्बरको जिप मलेङ्गबाट फर्कने क्रममा टर्निङ नपुगी ब्याक गर्ने क्रममा दुर्घटना भएको स्थानीय बासीले बताएका छन्। रम्भा गाउँपालिका २ सुरुङ डाँडा निवासी बर्ष २८ का चालक लालबहादुर सिँजाली गम्भीर घाइते भएका छन् । त्यहीँकै अन्दाजी बर्ष ३३ का सहचालक देवबहादुर सिँजाली सामान्य घाइते भएका छन्। घाइते दुवैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
प्रकाशित समय १९:२८ बजे

















