गृहपृष्ठ साना उद्योग बढे, ठूला खोल्न ठाउँ अभाव
साना उद्योग बढे, ठूला खोल्न ठाउँ अभाव
रूपन्देहीमा मात्रै ११ हजार ९ सय ३३ उद्योग
प्रदेश ५ का अन्य ११ वटा जिल्लाहरुमा भन्दा रुपन्देही उद्योग धन्दामा अग्रणी जिल्लाको रुपमा पहिचान बनाएको छ ।
प्रदेश सरकारले प्रकाशन गरेको प्रादेशीक स्थीति पत्रमा ४२ हजार उद्योग रहेको उल्लेख गरेको छ ।
आर्थिक वर्ष ०७४/७५ मा प्रदेशको आर्थिक सर्वेक्षणअनुसार २४ हजार ४४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग खुल्ने क्रम बढेको छ । एक वर्षको अवधिमा मात्रै १८ हजार ८ सय ३० उद्योग थपिएका छन् । अनुसार ४२ हजार ८ सय ७४ घरेलु तथा साना उद्योग रहेका छन् भने चालु आर्थिक वर्षको असोजयता प्रदेशका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय तथा विकास समितिमार्फत तथ्यांक निकालिएको प्रदेश योजना आयोगले जनाएको छ ।
जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा धेरै ११ हजार ९ सय ३३ उद्योग रहेका छन् । यस्तै कपिलवस्तुमा पनि ४ हजार ४ सय ५० उद्योग रहेका छन् ।
दाङमा ५ हजार ८ सय १०, नवलपरासी पश्चिममा ५ हजार ६ सय ६७, बर्दियामा ३ हजार ८, गुल्मीमा ३ हजार २ सय ५, पाल्पामा २ हजार २ सय २७, अर्घाखाँचीमा २ हजार ८७ र प्यूठानमा २ हजार ६९ घरेलु तथा साना उद्योग छन ।
रोल्पामा १ हजार ४ सय ५७ , बाँकेमा ७ सय ८९ र रुकुमपूर्वमा सबैभन्दा कम १ सय ४२ उद्योग दर्ता भएका छन । यहाँका १ सय १० साना उद्योगमा विदेशी लगानी रहेको छ ।
ठूला उद्योग खोल्ने मोतिपुर औद्योगिक क्षेत्र ठप्प
रूपन्देहीमा प्रस्तावित प्रदेश ५ स्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम ठप्प भएको छ । प्रदेश नं. ५ स्तरीय मोतिपुर औद्योगिक क्षेत्र बुटवलमा औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन हुन नसक्दा कार्यालय खुलेको ५ महिना बितिसक्दा पनि निर्माणको काम अगाडि बढ्न सकेको छैन् ।
गत बर्षको कात्तिकमा मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना वातावरणीय प्रभाव मूल्यांकन बिना काम गर्न नसकिने भएपछि कर्मचारी कामविहीनसमेत भएका छन् । औद्योगिक क्षेत्रमा कस्ता प्रकृतिका उद्योग स्थापना गर्ने भन्नेमा वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको भए पनि प्रतिबेदन आउन ढिला भएको छ । जसले औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेको छैन् ।
मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयका ईन्जिनियर अशोक अर्यालले भने–‘अब कार्यालयसमेत बुटवलको डिभिजन सडकले हेर्ने भएको छ ।’
वातावरणीय प्रभाव मूल्याङ्कनपछि मात्रै बस्ती व्यवस्थापन हुने हुँदा अहिले कार्यगति ठप्प भएको उनको भनाई छ ।
उद्योग मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनका लागि पहिल्यै एक पटक कार्यसूचीसहित आवश्यक कागजातहरू वन तथा वातावरण मन्त्रालयमा पठाइसकेको थियो । तर, कार्यविधिअनुसार सूचना प्रकाशन नगरी कार्यसूची पेश गरेकाले वन मन्त्रालयले त्यसलाई फिर्ता गरेको पाइएको हो ।
तिनाउ नदी किनारको मोतीपुरमा ८ सय १३ बिघा क्षेत्रफलमा औद्योगिक रूपन्देहीको बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको छ ।
औद्योगिक क्षेत्रमा उद्योग खोल्न ४ सय ५० उद्योगीले आवेदन दिएका छन् । उद्योगीको आशयपत्र माग गरिसकेपछि पनि औद्योगिक क्षेत्रको काम रोकिंदा उद्योगीहरू चिन्तित बनेका छन् ।
मोतीपुरमा ५ बर्ष्भित्र करिब ८ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको योजना छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रमा करिब दुई सय ठूला तथा मझौला उद्योग स्थापना गर्न सकिनेछ ।
नेपाल इन्भाइन्मेन्लट एन्ड साइन्टिफिक सर्भिसेज (नेस) नामक परामर्शदाताको अगुवाइमा बीडीए नेपाल र एडीएमसीजेभी काठमाडौंले संयुक्त रूपमा वातावरणीय प्रभाव मूल्यांकनको काम गरेका थिए । तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा प्रक्रियामा रहेको परियोजनाले जनाएको छ ।
८ सय १४ बिघा क्षेत्रफलमा पाँच बर्षभि अनुमानित ८ अर्बको लागतमा निर्माण हुन लागिरहेको मोतीपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ ।
बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योेगिक क्षेत्र २०४१ यताको पहिलो हुनेछ ।
प्रकाशित समय २०:०० बजे

















