गृहपृष्ठ दमन नरोके सरकारविरुद्ध प्रतिकारमा उत्रन्छौं : विप्लव

दमन नरोके सरकारविरुद्ध प्रतिकारमा उत्रन्छौं : विप्लव

biplab-newskarobar

नेत्रविक्रम चन्द विप्लवले आफ्नो समूहका नेता कार्यकर्ता रिहाइ नगरे सरकारविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् । शिनबार विज्ञप्ति निकालेर उनले आफ्ना नेता कार्यकर्तालाई रिहाइ नगरे प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

‘सरकारको यस्तो रवैयाको घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं,’  विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं ।’

शुक्रबार दाङबाट सो समूहका तीनजना केन्द्रीय सदस्य पक्राउ परेपछि विप्लवले त्यस्तो चेतावनी दिएका हुन् । पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र लालबहादुर वली विश्व रहेका छन् ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु