गृहपृष्ठ पाँच न्यायाधीशको शपथ आज

पाँच न्यायाधीशको शपथ आज

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच न्यायाधीशको शपथ आज हुँदैछ ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माले शपथ लिनेछन् ।

संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन् ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु