गृहपृष्ठ धनुषामा महिलामाथि दुव्र्यवहार, ८ जना पक्राउ
धनुषामा महिलामाथि दुव्र्यवहार, ८ जना पक्राउ
धनुषामा एक महिलामाथि दुव्र्यवहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने ३५ वर्षिया मुसहर परिवारकी महिलालाई गाउँलेहरु मिलेर कपाल मुण्डन गरि कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार सार्वजनिक भएको हो ।
महिलालाई दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय रामदुलार सादा, २८ वर्षिय रामविनय सादा, ३७ वर्षिय हरिराम सादा, ३५ वर्षिया लुचवा सादा, ४१ वर्षिय शिवचरण सादा, ३५ वर्षिय राजवीर सादा, ३६ वर्र्षिय रन्जित सादा र १९ वर्षिय सन्तोष सादा रहेका छन । प्रहरी उपरीक्षक शेखर खनालका अनुसार घटनाबारे जानकारी हुन साथ पीडित महिलालाई उद्धार गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।
प्रकाशित समय १६:०२ बजे

















