गृहपृष्ठ युनिग्लोबमा अब कानुनको पढाई हुने
युनिग्लोबमा अब कानुनको पढाई हुने
कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठन पाठन सुरु गर्ने भएको छ ।
यसबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. करणसिंह ठगुन्नाले देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता रहेको बताए ।
प्रकाशित समय १६:४६ बजे

















