गृहपृष्ठ एस्काभेटर, ट्रिपर र ट्याक्टर प्रहरीको नियन्त्रणमा

एस्काभेटर, ट्रिपर र ट्याक्टर प्रहरीको नियन्त्रणमा

मोरङको विराटनगर महानगरपालिका–६ स्थित केसलिया खोलामा अवैधानिक रुपमा वालुवा उत्खनन् गरिरहेको एस्काभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट एस्काभेटर सहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा राखिएको सवारीलाई आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिकालाई जिम्मा लगाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु