गृहपृष्ठ अमेरिकामा अध्ययनरत छात्राले दिइन विराटनगरको विद्यालयलाई ४ लाखको शैक्षिक सामाग्री

अमेरिकामा अध्ययनरत छात्राले दिइन विराटनगरको विद्यालयलाई ४ लाखको शैक्षिक सामाग्री

अमेरिकामा अध्ययनरत गरिमा प्रधानले विराटनगर महानगर– ८ स्थित महेन्द्र माविलाई कम्युटरलगायतका शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।

प्रधानले शुक्रबार १० थान कम्प्युटर र विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा अमेरिकाबाट आएकी प्रधानले झण्डै ४ लाख मूल्य बराबरको कम्प्युटर साथै शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरिन् ।

कार्यक्रममा मेयर पराजुलीले सामाजिक मन भएका जो कोहीले सेवा भावका काममा सक्रिय हुँदा समाजको उन्नति हुने बताए । उनले सामुदायिक विद्यालय सुधार अभियानमा आफु होमिएको र यसका लागि सबैलाई साथ दिन आग्रह गरे ।

सामाजिक अभियानमा सक्रिय प्रधानले अमेरिकामा बसोबास गर्ने सहयोगी मनहरुको सहयोगमा विराटनगरका अझै धेरै विद्यालयहरुमा काम गर्ने इच्छा रहेको बताइन् ।

विद्यालयका प्रध्यानाध्यापक चन्द्रप्रसाद साहले विद्यालयमा छिट्टै नै प्राविधिक शिक्षाको अध्यापन आरम्भ गरिने जानकारी दिए ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु