गृहपृष्ठ नेयमारलाई तीन खेलमा प्रतिबन्ध

नेयमारलाई तीन खेलमा प्रतिबन्ध

neymar-jr-newskarobar

पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लागेको छ ।

म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को खेलमा रेफ्री दामीर स्कोमिनाले भिएआरको मद्दतमा दिएको पेनाल्टीबारे नेयमारले इन्स्टाग्राममा भद्दा कमेन्ट गरेपछि यूईएफएले तीन खेलमा रोक लगाएको हो ।

नेयमारले सामाजिक सञ्जालमा मार्कुस रासफोर्डले पेनाल्टीबाट गरेको गोल, गोल नै नभएको भनेर टिप्पणी गरेका थिए । खेलका दौरान उनले मैदानबाहिरै बसेर हेरिरहेका थिए । जुन खेलमा युनाइटेड दुई–शून्यले पछि परेको अवस्थाबाट एकाएक कमब्याक गरेको थियो ।

उनले अब आउने अर्को सिजनो समूह चरका खेल गुमाउनेछन् ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु