गृहपृष्ठ आज वर्षासहित हावाहुरी र चट्याङको सम्भावना
आज वर्षासहित हावाहुरी र चट्याङको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पूर्वी तथा मध्य क्षेत्र र पश्चिमको पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
अपराह्नपछि पूर्वी तथा मध्य क्षेत्र र पश्चिमको पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको हो । महाखाका अनुसार हावाहुरी र चट्याङको सम्भावना समेत रहेको छ ।
राति पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।
प्रकाशित समय ११:२९ बजे

















