गृहपृष्ठ गुल्मीमा झाडापखालाबाट एकको मृत्यु, २ सय बिरामी

गुल्मीमा झाडापखालाबाट एकको मृत्यु, २ सय बिरामी

गुल्मीमा झाडापखालाको कारण एक जनाको मृत्यु भएको छ । अन्य दुई सय बिरामी परेका छन् ।मुसिकोट नगरपालिका–८ मा फैलिएको झाडापखालाको कारण दजाकोटका १२ वर्षीया रोशन सिंजालीको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर विरामी भएकालाई उपचारका लागि चितवन ल्याइएको छ ।सामान्य बिरामीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गाउँमा झाडापखाला फैलिएपछि विद्यालय समेत बन्द गरिएको छ ।

खानेपानीमा कोलिफम भएकाले झाडापखालाको महामारी फैलिएको जिल्ला अस्पताल गल्मीले जनाएको छ ।

प्रकाशित समय १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु