गृहपृष्ठ ‘हजुरको सरकारले ल्याएको विधेयक फिर्ता लैजानुस्’ : खाँण

‘हजुरको सरकारले ल्याएको विधेयक फिर्ता लैजानुस्’ : खाँण

Balkrishna Khad

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ । मंगलबार संसद बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक फिर्ता लिन माग गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले भने, ‘हजुरको सरकारले विधेयक ल्यायो, यो विधेयक विल्कुलै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ, फर्काएर लैजानुस् ।’

सरकारले नीति तथा कार्यक्रममा मात्र होइन, बजेटको सिद्धान्त र प्राथमिकतामा समेत मौलिक हक कार्यान्वयन गर्न प्रतिवद्ध छु भनेपनि व्यवहार त्यस विपरीत भएको उनको भनाइ छ ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु