गृहपृष्ठ विप्लव समूहका जाजरकोट छेडागाड नगर इञ्चार्ज पक्राउ
विप्लव समूहका जाजरकोट छेडागाड नगर इञ्चार्ज पक्राउ
प्रहरीले जाजरकोट छेडागाड नगरपालिका–१२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छेडागाड नगर इञ्चार्ज कैलाश पुन छन् । उनलाई गएराति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा र्पुयाउन र ल्याउने काम गर्ने गरेको प्रहरीको भनाइ छ । उनिमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:५४ बजे

















