गृहपृष्ठ सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु
सांकेतिक तस्बिर ।
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलनजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । ना. २ ख ४२२२ नम्बरको ट्यांकरले बा. ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रामशरण केसी घाइते भएको प्रहरीले जनाएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय १२:४३ बजे

















