गृहपृष्ठ मिडिया काउन्सिल विधेयकविरुद्ध मोरङका पत्रकारको प्रदर्शन

मिडिया काउन्सिल विधेयकविरुद्ध मोरङका पत्रकारको प्रदर्शन

press-newskarobar

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकार पनि आन्दोलनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आबद्ध पत्रकारले विराटनगर महानगरपालिकाको बि प्लटमा सञ्चार सामग्रीसहित धर्ना दिएका हुन् ।

स्वतन्त्र पत्रकारिता, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी विधेयक आउन लागेपछि देशभरका पत्रकार आन्दोलित भएका छन् । विरोध प्रदर्शनमा भेला भएका पत्रकारले प्रेस स्वतन्त्रता हनन गर्न नपाइने, विधेयक फिर्ता गर्नुपर्नेलगायतका माग गरेका छन् ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु