गृहपृष्ठ कैलालीको बौनिया बजारमा रहेको घरमा आगलागी, करिब २ करोडको क्षति
कैलालीको बौनिया बजारमा रहेको घरमा आगलागी, करिब २ करोडको क्षति
सांकेतिक
कैलालीको बर्दगोरिया नगरपालिकास्थित बौनिया बजारमा रहेको एक घरमा आगलागी हुँदा २ करोडबराबरको क्षति भएको छ । दिउँसो २ बजे घरमा रहेको प्रकाश नाथको इलेक्ट्रोनिक पसलबाट विद्युत सर्ट भइ आगलागी हुँदा पसलमा रहेका सामान र घरको गरी सो परिणामको क्षति पुगेको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार पसलको १ करोड ७० लाख र घरमा ७० लाखबराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए ।
प्रकाशित समय १९:२८ बजे

















