गृहपृष्ठ महोत्तरीको सोनमामा करेन्ट लागेर युवकको मृत्यु

महोत्तरीको सोनमामा करेन्ट लागेर युवकको मृत्यु

current-newskarobar सांकेतिक तस्बिर

महोत्तरीको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४, गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

शनिबार साँझ खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । (रासस)

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु