गृहपृष्ठ ठगी मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

ठगी मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

pakrau-arrest-newskarobar

ठगी मुद्दामा फरार एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । उदयपुरको हडिया घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतको २०६९ साल कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार रूपैयाँ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरीबाट पक्राउ गरेको हो ।

विसं २०६६ देखि काठमाडौँको वनस्थलीस्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थामा लेखा प्रमुखका रुपमा कार्यरत रहेका चौधरीले आर्थिक वर्ष पटक–पटक गरी संस्थामा जम्मा हुन आएको उक्त रकम बैंकमा जम्मा गरेको भनी संस्थाको विवरण लगायतका कागजात नक्कली बनाइ रकम ठगी गरेका थिए ।

चौधरीलाई फैसला कार्यान्वयनका लागि शुक्रबारै कारागार कार्यालय झुम्का पठाएको ब्यूरोले जनाएको छ ।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु