गृहपृष्ठ आइतबार सबै अदालत बिदा
आइतबार सबै अदालत बिदा
सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिइएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ ।
अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा ९६ वर्षको उमेरमा खत्रीको निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रकाशित समय १५:४२ बजे

















