गृहपृष्ठ जन्ती बोकेको ट्याक्टर दुर्घटना, १४ जना घाइते

जन्ती बोकेको ट्याक्टर दुर्घटना, १४ जना घाइते

accident-newskarobar

दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती लिएर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य १३ जना घाइतेको दिपालयको राजपुरमा उपचार भइरहेको छ ।

चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु