गृहपृष्ठ वीरगञ्जका ८ वर्षीय बालकको अपहरणपछि हत्या
वीरगञ्जका ८ वर्षीय बालकको अपहरणपछि हत्या
अपहरणकारीमाथि प्रहरीले गोली चलायो
वीरगञ्जका ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको हत्या भएको हो । अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले प्रहरीले पुष्टि गरेको छ ।
शुक्रबार बिहान अपहरणमा परेका बालकको केही क्षणमै हत्या भएको प्रहरीले जनाएको छ । अपहरण र हत्यामा संलग्न तीन जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतो रहेको प्रहरीले जनाएको छ । उनीहरुको कम्मरमुनि गोली लागेको छ ।
शर्मा भारतीय नागरिक हुन् । शर्मा शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका थिए । उनैले अपहरणको योजना बनाएको प्रहरीको दावी छ । अपहरणपछि उनीहरुले ३० लाख फिरौती मागेको बालकका परिवारले त्यति धेरै पैसा नभएको भनेपछि ५ लाखमा सहमति गरेका थिए ।
बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै फिर्ता दिने अडान अपहरणकरीले राखेका थिए ।
प्रकाशित समय ०९:०५ बजे

















