गृहपृष्ठ हुवावेको पी २० बजारमा

हुवावेको पी २० बजारमा

काठमाडाैं- चिनियाँ फोन निर्माता कम्पनी हुवावेको पी २० मोडल बजारमा आएको छ ।

फोनमा ५.८ इन्चको एलसिडी डिस्प्ले छ। हुवावे किरिन ९७० सिपीयु अक्टाकोर प्रोसेसर प्रयोग गरिएको यस फोनमा एन्ड्रोइड ओरियो ८.१ को अपेरेटिङ सिसटम छ ।

फो्नमा ४ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज क्षमता छ। ३ वटा क्यामरा छन् ।

फोनको पछाडितर्फ एफ/१.८ अपेचर लेन्ससहितको १२ मेगापिक्सेल तथा एफ/१.६ अपेचर लेन्ससहितको २० मेगापिक्सेलको क्यामरा छन् । दुबै क्यामरामा अटोफोकसको विशेषता छ ।

फोनमा ३ हजार ४०० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ । २४ मेगापिक्सेलको सेल्फी क्यामरा छ । यसले निश्चित फोकल लेन्थ सपोर्ट गर्छ ।

फोन ट्वीलाईट, गुलाबी–सुनौलो, कालो र गाढा नीलो गरी चार रंग भेरियन्टमा उपलब्ध छ । फोनको मूल्य ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित समय ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु