गृहपृष्ठ संकटापन्न समुदायलाई आवासगृह

संकटापन्न समुदायलाई आवासगृह

सल्यान- लामो समयको प्रयास पछि सल्यानमा संकटापन्न अवस्थाका व्यक्तिहरुलाइ सुरक्षित आवासगृह स्थापना गरिएको छ । मानब अधिकार वकालत केन्द्र (रेस) नेपाल द्धारा शारदा नगरपालीकामा अल्पकालीन सुरक्षित आवासगृह स्थापना गरिएको हो । जहाँ संकटापन्न अवस्थामा रहेका महिला, वालवालिका, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुले निःशुल्क खान, बस्न तथा काउन्सीलिङको सुविधा पाउनेछन् ।
हरप्लेस सल्यानका अध्यक्ष रामचन्द्र रेगमीका अनुसार लामो समयको प्रयास पछि आवास गृहको स्थापना गरिएको हो । आबासगृहको निर्माण भएपछि बेवारीसे अवस्थाका, उद्धार गरिएका र अपांगता भएका बक्तिहरुलाई राहत हुनेछ । आबासगृहका लागी अहिले सम्म कुनै पनि निकायले सहयोग नगरको अध्यक्ष रेग्मीले बताए ।
‘यस्को लागी अहिले सम्म कसैले सहयोग गरेका छैनन् । ब्यक्तिगत तर्फ भने केहीले सहयोग गरेका छन्,’ उनले भने, ‘आबासगृहमा इन्टरनेट, टेलिफोेन र टिभि जडान गर्नको लागी पनि केही ब्यक्तिहरुले सहयोग गर्ने वचन दिएका छन् ।’ यस्तै आबास गृहकामा केही संघ सस्थाले पनि सामान खरिद गरिदिने बताएको उनले बताए ।
आवासगृहमा रकम अभावका कारण अहिले कर्मचारिको व्यवस्थागर्न नसकिएको हरप्लेस सल्यानले जानकारी दिएको छ । अपांगमैत्री भवन निर्माण गर्न आवश्यक भएपनि आर्थीक अभावकै कारण यसलाइ पनि पुरा गर्न नसकिएको अध्यक्ष रेग्मीले बताए ।
अहिले निर्माण गरिएको आवास गृहमा ७० बर्षिय एक बृद्धा बसिरहेकी छिन् । घरबाट निकाला गराएकी एक बृद्धाले जिल्ला प्रशासनको सिफारिसमा सेवा लिइरहेको उनले बताए । ती बृद्धालाई छत्रेश्वरी गाउँपालीका वडा नम्बर पाँचका राकेश कवरले आबासमै पुगेर फलफुल बितरण गरेका थिए । आबास गृहको लागी अहिले स्थानीय तहहरुले पनि कुनै पनि सहयोग नगरेको अध्यक्ष रेग्मीले बताएका छन् ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु